२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मोतिपुर र भलवाडको बीचस्थित कजवेमा महिलाको शव फेला


0
Shares

स्थानीयबासीले शुक्रबार साँझ ६ बजेको समयमा पानीमा घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोधपुछ गर्दा उक्त शव बाणगंगा–७ धैरेनीडाँडा बस्ने खिमबहादुर विश्वकर्माकी पत्नी ६६ वषीया शिवकली विश्वकर्माको रहेको पत्ता लागेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख राजु कार्की र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख भोजजंग शाहको टोली आई घट्नास्थलको प्रकृति मुचुल्का गरेको छ । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा लगिएको छ ।

निज महिला घरबाट माघ १८ गते दिउँसोदेखि हराएकी थिइन् । उनको परिवारले खोजीका लागि इलाका प्रहरी कार्यालय पिपरामा हुलियासहित निवेदन दिएको परिवारिक श्रोतले जनाएको छ ।