
२०३७ सालमा पाँच सय घरधुरीका लागि सर्भे गरी निर्माण गरिएको साना जलविद्युत् आयोजनाको उत्पादन अहिले २८ सय घरधुरीमा पु¥याउनुपर्ने भएपछि लोडसेडिङ बढेको हो ।
उपभोक्ता समितिद्वारा सप्लाई भइरहेको विद्युत् उत्पादनमा कमी भएपछि सदरमुकाम आसपास र चन्दननाथ नगरपालिका सबै क्षेत्रमा लोडसेडिङ भएको हो ।
खोलामा पानीको बहाव घट्नुका साथै घुघुतीमा उत्पादित विद्युत्को पावर हाउसको मेसिन जीर्ण भएपछि विद्युत् उत्पादन कम हुँदा दैनिक १४ घण्टा लोडसेडिङ गर्न बाध्य भएको साना जलविद्युत् समिति जुम्लाका इन्चार्ज हर्कबहादुर बोहोराले बताउनुभयो ।
२ सय किलोवाट क्षमताको यो विद्युत् गृहबाट अहिले १ सय ३५ किलोवाट मात्र उत्पादन हुने गरेको छ । २०३७ सालमा २ करोड ६० लाखको लागतमा निर्माण भएको साना जलविद्युत् अहिले जीर्ण भएको छ ।
विद्युत् नियमित नहुँदा सम्पूर्ण कामकाज प्रभावित भएका छन् । लगातार विद्युत् अवरोध हुँदा उद्योग व्यवसायसमेत ठप्प भएका छन् ।
प्रतिक्रिया दिनुहोस्