२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मेयर विद्यासुन्दरले वातावरण मैत्री शव दाहगृहलाई सहयोग गर्ने


0
Shares

शव दाहगृहको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गरे ।

उदय समाजले निर्माणा गर्न थालेको यो शव दाहगृहमा दाउराको प्रयोग कम गरेरै पनि छोटो समयमा शव जलाउन सकिने छ ।

शव दाहगृहको शिलान्यासपछि मेयर शाक्यले यसलाई महानगरपालिकाले सहयोग गर्ने आश्वासन दिए ।

शव दाहगृह सञ्चालनमा आएपछि वातावरण प्रदूषण र दुर्गन्ध नियन्त्रणमा सहयोग पुग्ने बताइएको छ ।

शव दाहगृह पिलर सिस्टमबाट निर्माण गरिने उदय समाजका प्रचार सचिव सुगतरत्न सिन्दुराकारले बताए ।