
साइकल यात्राको ईमेज ग्रुप अफ कम्पनीजका उपाध्यक्ष रघुवीरभक्त मानन्धर, चारुमति बुद्धिष्ट मिसन नेपालका संस्थापक अध्यक्ष भिक्षु तपस्सी घम्म र राष्ट्रिय धावक बैकुण्ठ मानन्धरले बेलुन उडाएर शुभारम्भ गरे ।
आगामी वैशाख १ गते नयाँ वर्ष सद्भाव, शान्ति पदयात्रा र उल्लासमय रुपमा मनाउने उद्देश्यका साथ आज साईकल यात्रा गरिएको हो ।
साइकल यात्रा स्वयम्भूबाट भगवानपाउ, भक्तपुरको सल्लाघारी, बनेपा, धुलिखेल, हिरण्यगिरी हुँदै नमबुद्ध पुग्ने छ ।
यात्रामा २ सय साइकलयात्री सहभागी भएको विश्व साँस्कृतिक शान्ति पदयात्रा समितिका सचिव पाल्देन लामाले बताए ।
प्रतिक्रिया दिनुहोस्