२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ट्र्याक्टर दुर्घटनामा दुईजनाको मुत्यु, एकजना घाइते


0
Shares

दुर्घटनामा एकजना घाइते भएका छन् । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए ।

ताप्लेजुङबाट पाँचथर सदरमुकाम फिदिम आउँदै गरेको मे१त ३४०६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा ताप्लेजुङ श्रीजङ– ४ का भुपेन्द्र दर्जी र श्रीजङ–२ का कमल भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ताप्लेजुङ सान्थाक्राका समीर शेर्पा घाइते भएका छन् । उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको छ ।

ट्र्याक्टर सडकबाट करिब एक सय ७० मिटर तल खसेको प्रहरीले जनाएको छ । (रासस)