४ असार २०८२, बुधबार | Wed Jun 18 2025


रुसको प्रतिकार गर्न अमेरिकी सेनाले अमेरिकी परमाणविक अस्त्र विविधीकरण गर्ने


0
Shares

न्यूक्लियर पोस्चर रिभ्यू (एनपीआर) भनिने पेन्टागनको योजना सार्वजनिक गरिएको हो ।

अमेरिकी उपरक्षामन्त्री प्याट्रिक शनाहनले वासिङ्टनमा अमेरिकी अस्त्र भन्डार अर्थहीन हुन नदिने प्रतिक्रिया दिए ।

‘ठूलो आकारका अमेरिकी परमाणु अस्त्र प्रयोगमा ल्याउन मुस्किल’ भन्ने मस्कोको धारणाप्रति गम्भीर हुँदै अमेरिकी सेनाले साना अस्त्र निर्माण गरी चुनौती दिने जनाएको हो ।

सानो आकारका कम शक्तिशाली बम २० किलोटनभन्दा कम तौलका हुने बताइएको छ । दोस्रो विश्वयुद्धामा त्यस्तै शक्तिको बम जापानको नागासाकी सहरमा प्रहार गर्दा ७० हजार मानिस मारिएका थिए ।

सन् २०१० पछि अमेरिकी सेनाले पहिलोपटक आगामी दिनमा परमाणविक अस्त्रको जोखिमबारे अवधारणापत्र तयार पारेको हो ।

दस्तावेजमा उत्तर कोरिया, चीन र इरानको परमाणु अस्त्रप्रति अमेरिकाको गम्भीर चासो रहेको उल्लेख गरिएको छ । (एजेन्सी)