
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीभन्दा दुई किलोमिटर नेपालतर्फ पर्ने टिमुरे क्षेत्रको अवलोकन गर्दै वाणिज्यमन्त्री मीन विश्वकर्माले चिनियाँ पक्षसँग यसअघि भएको सम्झौताअनुसार नै बन्दरगाह बनाइने बताए ।
बन्दरगाह बनाउन चाहिने ८ हेक्टर क्षेत्रफलमध्ये ३ हेक्टर जग्गा सर्वसाधारणबाट अधिग्रहण गरिसकिएको छ ।
जसमा प्रभावित क्षेत्रका २५ घरधुरीका लागि जग्गाको मुआब्जा दिइएपनि १२ घरको मुआब्जा वितरण गरिएको छैन ।
टिमुरेका स्थानीयले घरटहराको अधिग्रहण गरिएपनि मुआब्जा पाउन नसकेको बताएका छन् ।
बन्दरगाहमा प्रशासनिक कार्यका लागि मुख्य भवन रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्