
शनिबार गोरखा उद्योग वाणिज्य संघको १५औं अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै डा. भट्टराईले चुनाव खर्चका लागि चन्दा असुलीमार्फत् निजी क्षेत्र दोहनले कालोबजारी र भ्रष्टाचारमात्र बढाउने भएकाले सबैले त्यसलाई त्याग्नुपर्ने बताए ।
डा. भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको अहिलको नेपाल भ्रमण बेमौसमको भएको पनि टिप्पणी गरे ।
गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोशीको सभापतित्वमा भएको कार्यक्रममा गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्