
सरकारले भूकम्पपीडितलाई थप एक लाख दिने निर्णय केही दिनअघि मन्त्रिपरिषदको बैठकबाट गरेको थियो ।
शनिबार राजधानीमा आयोजित एक साक्षात्कारमा प्रमुख कार्यकारी अधिकृत भुसालले प्राधिकरणलाई औपचारिक जानकारी आएपनि नयाँ सरकार र नयाँ बजेट नआएसम्म थप एक लाख दिन नसकिने स्पस्ट पारे ।
‘भूकम्पपीडितलाई एक लाख रकम थप्ने निर्णय भएको कुरा बाहिर आएको छ, यसबारे प्राधिकरणलाई शुक्रबारसम्म कुनै जानकारी आएको छैन’–उनले भने ।
उनले पुनःनिर्माणको काम द्रुतगतिमा भइरहेको दाबी गरे ।
‘आगामी वैशाख १२ गते भूकम्प दिवस पनि हो, त्यतिबेलासम्म अर्को नतिजा दिनेगरी काम हुने’ उनले बताए ।
माघ मसान्तभित्र एक लाख घर निर्माण भइसक्ने र तीन लाख घर निर्माण जारी रहने उनको भनाइ थियो ।
प्राधिकरणले ७० वर्ष नाघेका, १८ वर्षमुनिका एवं अपांगता भएका भूकम्पपीडितलाई आवास निर्माण गरिदिने उनले आश्वासन पनि दिए ।
करिब ४०० को संख्यामा असहाय एवं अशक्त भूकम्पपीडितका लागि प्राधिकरणले नै घर–टहरा निर्माण गरिदिने उनले उल्लेख गरे ।
पुनःनिर्माणका लागि रकम अभाव रहेको भन्दै अर्को दाता सम्मेलन गर्नुपर्नेमा प्राधिकरणले जोड दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्