२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


प्रधानन्यायाधीश पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै डा. केसीद्वारा निवेदन दर्ता


0
Shares

डा. केसीले वारेशनामामार्फत् निवेदन दर्ता गराएका हुन् । डा. केसीका तर्फबाट शशीविक्रम कार्की, प्रितम सुवेदी र सागर घिमिरेले जिल्ला प्रशासन कार्यालय दमौलीमा पुगेर निवेदन दर्ता गरेका हुन् ।

डा. केसीले प्रधानन्यायाधीश पराजुलीले पहिलोपटक २०३० सालमा लिएको नागरिकतामा उमेर २१ वर्ष कायम गरेको र २०६७ मा लिएको प्रतिलिपीमा जन्ममितिको पूरा विवरण राखेको भन्दै के कति कारणले उमेर फरक परेको भन्दै जिल्ला प्रशासनमा निवेदन दर्ता गरेका हुन् ।

निवेदनमा नागरिकको सूचनाको हकअनुसार सोसम्बन्धी सूचना उपलब्ध गराइदिन भनिएको छ ।