काठमाडौं, मंसिर २१ । नयाँ शक्ति पार्टी नेपालले नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरिदमा अनियमितता भएको भन्दै शुक्रबार निगम कार्यालयअगाडि प्रदर्शन गरेको छ ।
त्यसक्रममा नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य नवराज सुवेदीले वाइडबडी विमान खरिद प्रकरण लाउडा र धमिजाकान्डको अर्को संस्करण भएको बताए ।
वाइडबडी विमान खरिदमा भ्रष्टाचार गर्नेहरुलाई छानबिन गरेर कारबाही गर्नुपर्नेमा सरकार चुप लागेर बसेको उनको आरोप थियो ।
प्रदर्शनका सहभागीहरुले विभिन्न नाराबाजीसमेत गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्