
प्रहरीका अनुसार राति पौने ११ बजे बा२९प ३९९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार भोजपुर सेताङ घर भई हाल ललितपुरको सातदोबाटो बस्दै आएका २९ बर्षीय गणेश तिवारीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको क्रममा बीएन्डबी अस्पतालमा राति नै मृत्यु भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।
टाउकोमा चोट लागेर घाइते भएका चालक ओखलढुंगा सिंहदेवीका ३३ बर्षीय प्रेमबहादुर कार्कीको सोही अस्पतालमै उपचार भइरहेको जनाइएको छ । चालकले मदिरा पिएर तीव्र गतिमा मोटरसाइकल चलाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्