२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कञ्चनपुरमा नेपाल-भारत सीमा विवाद बल्झियो, सडक निर्माणमा भारतीय हस्तक्षेप


0
Shares

भारतीय सीमासँग जोडिएको बेलौरी नगरपालिका १० सडकघाटमा नेपाली भूमीमै बाटो फराकिलो बनाउँदा भारतीय पक्षले हस्तक्षेप गरेपछि विवाद बल्झिएको हो ।

कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका १० सडकघाटमा सिमाक्षेत्रमा आवत जावतलाई सहज गर्न नगरपालिकाबाट विनियोजित बजेटले भारतीय सीमा क्षेत्रसम्म जोड्ने गरी सडक निर्माण गर्न खोज्दा भारतीय पक्षवाट अवरोध भएको छ ।

नेपाली नागरीकले लालपुर्जा भएको खेतिबाली लगाउँदै आएको आफनै दर्ता जमिनमा बाटो फराकिलो बनाउन खोज्दा समेत भारतिय पक्षले अनावश्यक रुपमा हस्तक्षेप गर्न खोजेको स्थानीय बताउँछन् ।

वर्षौ देखि प्रयोग गर्दै आएको नेपाली भूमिलाई आफुहरुले जस्तोसुकै प्रयोजनका लागि प्रयोग गरेपनि भारतीय पक्षले चाँसो देखाउनु भारतको नांगो हस्तक्षेप भएको उनिहरु बताउँछन् ।

गत कात्तिकमा कञ्चनपुरको भिमदत्त नगरमा गड्डाचौकी–ब्रह्मदेव जोड्ने सडक निर्माणमा समेत सिमा स्तम्भ नम्वर ८०९(५ ए) नजिक निर्माण भईरहेको कालोपत्रे सडकमा ह्युमपाईपको विषयलाई लिएर भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको थियोे भने अहिले सीमा स्तम्भ नम्बर ३२ र ३३ नाघेर नेपाली पक्षले खेती लगाएको आरोप लगाएको छ तर आफुहरुले २४ बर्ष उक्त जग्गामा भोग चलान गर्दै आएको र भारतीयपक्षले आफुहरुलाई सधैँ यसरी नै हेपाहाप्रवृति देखाउने गरेका भन्दै स्थानीयले आक्रोश पोखेका हुन ।

स्थानीयले जुनसुकै हालतमा पनि आफ्नो भूमिको सडक फराकिलो बनाउने काम गर्न दिनुपर्ने अडानमा छन ।

सीमा सर्भे टोलीले केही महिनामै उक्त क्षेत्रको वास्तविक सीमा जाँच गरी टुंगो लगाउने र त्यतिबेलासम्म विवाद बढाउन नदिने विषयमा दुई देशका अधिकारीहरु बीच मौखिक समझदारी भएको छ ।

दुवै पक्षले समयमै विवाद नसुलझाई सिमा समस्या समाधान तर्फ नजाने हो भने पुन आनन्द बजारजस्ता घटना नदोहरिएला भन्न सकिन्न ।

त्यसैले चाडो भन्दा चाडो दुबै देशले बेलैमा उच्चस्तरीय पहलबाट समाधान गर्न जरुरी छ ।