१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


भारत जानुअघि पूर्वराजा ज्ञानेन्द्रले के भने ? (भिडियो)


0
Shares

भारत, उडिसाको भुवनेश्वरीस्थित गोबद्र्धन मठमा यही माघ २६ गते हुने विशेष समारोहमा सहभागी हुनेक्रममा पूर्वराजा शाह सोमबार कोलकाता प्रस्थान गरेका हुन् ।

गोबद्र्धन मठका पीठाधीश शंकराचार्य निश्चलानन्द सरस्वतीको पदावधिको २५ वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा पूर्वराजा शाह सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ ।

सो मठको गर्भगृहमा राजाकै हैसियतमा पूर्वराजाले पूजा गर्ने जनाइएको छ ।

कोलकाता प्रस्थान गर्नुअघि पूर्वराजा शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसँग ‘राज्य निश्चित मान्यताबाट चल्नुपर्ने’ भन्दै ‘सबैलाई समेट्ने र व्यावहारिक नीति अवलम्बन गर्नुपर्ने’ बताए ।

त्यसक्रममा विमानस्थलमा पूर्वराजा शाहको पक्षमा समर्थकहरुले नारा लगाएका थिए ।

पूर्वराजा शाह आगामी फागुन ५ गते स्वदेश फर्कने तालिका रहेको छ ।

भिडियो हेर्नुहोस्