
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एक–अर्कोलाई ‘गलाउने’ रणनीति मै केन्द्रित हुन थालेपछि एकता प्रक्रियामा विलम्व हुन थालेको हो ।
नेतृत्वका सन्दर्भमा सहमति खोजी गर्न दुई अध्यक्षबीच पटक–पटक छलफल भए पनि निष्कर्ष निकाल्न नसक्दा एकता हुने–नहुने संशय देखा पर्न थालेको छ । एकीकृत पार्टीको नेतृत्व माओवादीलाई नदिने एमालेको अडान र अध्यक्ष पद नलिई एकतामै नजाने माओवादीको ढिपीका कारण एकता प्रक्रिया अड्किएको हो ।
एकीकृत पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक एमालेलाई र एक माओवादीले लिने गरी भागवण्डा गर्नुपर्ने माओवादीको अडानमा एमाले सहमत छैन । नेतृत्वको छलफलको सन्दर्भमा सुरुमा माओवादी अध्यक्ष दाहाललाई एकीकृत पार्टीको सहअध्यक्षसम्म दिएर पार्टी अध्यक्ष र प्रधानमन्त्री एमालेले आफैं राख्न चाहेको थियो ।
तर, पछिल्ला छलफलमा एमाले लचिलो बनेर दुई अध्यक्ष प्रणालीसम्मको छलफलमा आएको स्रोतले बताएको छ । एमालेको यो प्रस्तावमा पनि माओवादी मानेको छैन । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्