३० असार २०८२, सोमबार | Tue Jul 15 2025


मंगलबार सुनको मूल्य उकालो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर तोलाको ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य तोलाको ५७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले वृद्धि भएर तोलाको ७५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुनप्रति औंस १३ सय ४४ डलर हाराहारीमा कारोबार भएको थियो ।