२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


छत्रेश्वरी गाउपालिकामा जनतामा लाग्ने करलाई घटाइने


0
Shares

व्यवसायिक क्षेत्रबाट राजनीतिमा समाहित हुँदै गाउँपालिकाको नेतृत्वमा पुगेका केसीले आफुले गाउपालिकाको आयस्रोत आउनेगरि उदाहरणिय काम गरेर देखाउने बताएका हुन ।

जिल्लाका अन्य ठाउमा यो भन्दा पहिला हुने उपभोक्ता समिति मार्फत काम भैरहेको भन्दै उनले राजनीतिक मिलेमतोमा हुने समितिहरुले विकासका नाममा रकमको दुरुपयोग गरेको बताए ।

यसलाई नजिकबाट हेरेका उनले फरक तरिकाले योजना बनाएको बताएका हुन् ।

जहाँका उपभोक्ता हुन उनिहरुलाई सहभागि बनाई विकास निर्माणका काम गराउनुपर्नेमा किन यस्तो गरेको त भनेर सोध्दा त्यसले समाजका गरिव तथा बोल्न नसक्नेहरुलाई असर पारिरहेको बताएका हुन ।

उनि स्पष्ट पार्दै भन्छन –“विभिन्न राजनीतिक दलका केहि टाठाबाठाहरुले मात्रै बाडेर जति बजेट हो त्यो सबै सिध्याउने तर काम भने नगर्ने भएकाले त्यस्ता ठग उपभोक्ता समितिको काम नै छैन ।

म अर्को सालदेखि कम बजेटमा जसले निर्माण गर्ने जिम्मा लिन्छ त्यस्तालाई नै जिम्मा दिएर धेरैभन्दा धेरै काम गराउने छु ।

त्यसले गाउपालिकालाई पनि फाइदा पुग्नेछ भने काम पनि राम्रो हुनेछ । त्यसबाटै गाउपालिकाको आन्तरिक आयश्रोत बढ्नेछ अनी बढिमा आधा कर कम लिन सकिन्छ ।”

निर्माण व्यवसायीसंग मिलेर तपाइले यस्तो गर्न लागेको त हैन भन्ने हाम्रो प्रश्नमा उनि भन्छन, साँच्ची भन्नुहुन्छ भने अन्य स्थानिय तहमा जस्तै उपभोक्ता समितिलाई दिएर जति रकम हो त्यतिमा मैले काम गर्न दिएको भए विभिन्न राजनीतिक आवरणमा भएका उपभोक्ता समितिले करोडको योजनाबाट मलाइ मात्रै १० लाख आउने गरि योजना बनाउँथे ।

उनले गाउपालिकाभित्र सबैभन्दा कममा निर्माण गर्ने व्यवसायीलाई काम दिने भन्दै गाउपालिका भित्र बाटोघाटो मर्मत तथा निर्माण गर्दा कार्यालयकै डोजर तथा स्काभेटर प्रयोग गरेर गर्नुपर्ने पनि नियम बनाएको बताएका छन ।

उनले भने एक करोडको काम कसैले ७० हजारमा गरे उता ३० हजार पनि बच्ने अनी गाउँपालिकाको सामाग्री प्रयोग भएमा त्यसबाट पनि रकम आउने भएकाले गाउपालिका समृद्ध बन्ने उदाहरण पेश गरे ।

यसैबाट भएको कमाई गाउपालिकाको आयश्रोत भएपछि किन जनतामा लाने कर स्वत घट्छ ।

अहिले छत्रेश्वरीका विभिन्न वडामा गाउँपालिकाको स्काभेटरबाट सडक निर्माणको काम भैरहेको छ । शुक्रबार मात्रै अध्यक्ष केसीले ७ नं वडाको बाटो उद्घाटन गरेका छन ।