२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


खोलामा पानी घट्न थालेपछि इलाममा विद्युत उत्पादन घट्यो


0
Shares

वर्षायाममा २२ मेगावाट उत्पादन गर्ने सानिमा माई हाइड्रोपावर आयोजनाले १० मेगावाट मात्र उत्पादन दिन सकेको छ ।

१८ मेगावाट क्षमताको अपरमाई हाइड्रोपावरका दुबै विद्युत गृहबाट ६ मेगावाट विद्युत उत्पादन भइरहेको छ ।

पाँच मेगावाट क्षमताको जोगमाई हाईड्रोले दुई हजार ५ सय किलोवाट विद्युत उत्पादन गरिरहेको छ ।

इलाम पुवाखोला आयोजनाबाट तीन दशमलव ५ मेगावाट तथा ४ मेगावाटको हिमाल दोलखाले ११ सय किलोवाट मात्र उत्पादन गर्न सकेको ती आयोजनाहरुले जानकारी दिएका छन् ।

सुख्खायामको शुरुसँगै खेतबारीमा सिँचाइका लागि किसानले पानी लैजान तथा पानी बहाव ने पनि कम हुने भएकाले उत्पादन घटेको आयोजना सञ्चालकहरू बताउँछन् ।

झण्डै पाँच महिनादेखि पानी नपर्दा खोलामा पानीको सतह पनि घट्न थालेको हिमाल दोलखा हाईड्रोपावरका आकाश चौधरीले जानकारी दिए ।