२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


व्यवसायीले लगाएको ताला प्रहरीले फोड्यो


0
Shares

गत आर्थिक वर्षको भुक्तान गर्नुपर्ने ८० करोड रुपैयाँ भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायी संघ रौतहटले बुधबार डिभिजन सडक कार्यालयमा तालाबन्दी गरेको हो ।

कार्यालय प्रमुख योगेश सुमनसहितका कर्मचारीलाई कार्यालयभित्रै थुनेर व्यवसायीले तालाबन्दी गरेपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ताला फोडिदिएको छ ।

रौतहट र सर्लाहीका सडक, पुललगायतको विकास निर्माण डिभिजन सडक कार्यालयबाट गराएपनि अझै रकम भुक्तानी नगरेकाले आन्दोलित हुनुपरेको निर्माण व्यवसायी संघ रौतहटका अध्यक्ष नागेन्द्र साहले बताए ।

उता, डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख योगेश सुमनले बजेट निकासा नभएकाले भुक्तानी गर्न नसकिएको बताए ।