यसदिन पनि बजार परिसूचक नेप्से १२ अंकले ओरालो लागेर १३ सय ८२ मा आएर थामियो । वित्त र व्यापार समूह सामान्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे ।
बिमा समूहमा सबैभन्दा उच्च ८३ अंकको गिरावट आयो । होटल, उत्पादनमूलक, लघुवित्त र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले ओर्लिए ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५२ कम्पनीका ७ लाख ४२ हजार कित्ता सेयर जम्मा साढे २६ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्