२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


रसुवागढी र सान्जेन जलविद्युत्को सेयर निष्कासन हुने


0
Shares

राजधानीमा नेपाल विद्युत् प्राधिकरणले पत्रकार सम्मेलन गरी सान्जेन र रसुवागढीले २४ प्रतिशत सेयर निष्कासन गर्न लागेको जनाएको हो ।

रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाले पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चकर्ताका लागि १९.५ प्रतिशत र कम्पनीका संस्थापक संस्थाहरुका लागि ३.५ प्रतिशत तथा ऋणदाता संस्थाका कर्मचारीहरुका लागि १ प्रतिशत सेयर निष्कासन गर्न लागेका हुन् ।

निर्माणधीन १११ मेगावाटको रसुवागढी आयोजनाले कर्मचारी सञ्यकोषका सञ्चयकर्ता कर्मचारीका लागि १ करोड ३३ लाख कित्ता सेयर १ अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागिएको रसुवागढी हाइड्रोपावरका कार्यकारी अधिकृत माधव कोइरालाले उल्लेख गरे ।

सान्जेन जलविद्युत् कम्पनीले पहिलो चरणमा ८७ करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको छ ।

दोस्रो चरणमा आयोजना प्रभावित रसुवावासीका लागि १० प्रतिशत र अन्तिम चरणमा सर्वसाधारणका लागि १५ प्रतिशत सेयर निष्कासन गरिने सान्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।

रसुवागढी जलविद्युत् आयोजनाको अनुमानित लागत विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए)अनुसार १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी, सान्जेन १४ मेगावाट र सान्जेन ४२ मेगावाट जलविद्युत्को अनुमानित लागत भने ७ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।