तमोर नदीमा निर्माणाधीन पक्की पुलमा ठेकेदारको चरम लापरबाही • Image Khabar Image Khabar


तमोर नदीमा निर्माणाधीन पक्की पुलमा ठेकेदारको चरम लापरबाही


Imagekhabar
२५ माघ २०७४, बिहीबार १०:०९

तमोर नदीमा निर्माणाधीन पक्की पुलमा ठेकेदारको चरम लापरबाही

पटक–पटक म्याद थपेर आयोजनाको कामलाई सुस्त बनाएको निर्माण कम्पनीले प्राविधिक स्टमेट बिपरित काम गर्दै आए पनि अनुगमन गर्ने निकाय मौन छ ।

निर्माण कम्पनीले आवश्यक मात्रामा बालुवा, गिटी र सिमेन्टको प्रयोग नगरी पुलको ढलान गर्दै आएको स्थानीयले बताएका छन् ।

ठेकेदार कम्पनीले २०६९ सालमा पुल निर्माणको सम्झौता गर्दा २०७२ साल साउन २६ गतेसम्म काम सक्ने प्रतिबद्धता जनाएको थियो ।

तर सो अवधिमा चार वटा मात्र पिलर ठड्याएर कम्पनीले काममा ढिलाई गरेको थियो ।

नाकाबन्दी र बाढी पहिरोको कारण देखाउँदै ठेकेदारले आयोजनाको कामलाई पुनः दोस्रो पटक म्याद थप गरी २०७३ साल बैसाख २६ गतेबाट काम गर्दै आएको छ ।

१ सय ४९ मिटर लामो पक्की पुलमा पछिल्लो समयमा काम भइरहे पनि गुणस्तरहीन सामग्री प्रयोग भइरहेकाले त्यसको अनुगमन गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।

स्वच्छन्द निर्माण सेवा प्रालिले १३ करोड रुपैयाँको लागतमा पुल निर्माणको जिम्मा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्