
नवीन सिंह (इमेज)
जनकपुर, मंसिर २० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान कम्युनिस्ट सरकारले देशलाई द्वन्द्वतर्फ धकेलेको आरोप लगाएका छन् ।
बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा थापाले इसाई धर्मप्रचार संस्थाको कार्यक्रममा सरकार आफैं सहआयोजक बन्नु आपत्तिजनक विषय रहेको र त्यसले नयाँ अस्थिरताको खतरा बढाएको बताए ।
वि.सं. २०६२–०६३ सालको जनआन्दोलनपछिका १२ वर्षमा लाखौं व्यक्तिलाई विभिन्न प्रलोभनमा धर्मपरिवर्तन गराइएको भन्दै उनले यस्तै अवस्था रहेमा मुलुक धार्मिक द्वन्द्वमा फस्ने चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस्