२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेप्से ९ अंकले उकालो


0
Shares

यसदिन बजार परिसूचक नेप्से ९ अंकले उकालो लागेर १३ सय ९१ पुग्यो । व्यापार र वित्त समूह झिनो अंकले रातो रहेबाहेक अरु सबै समूह यसदिन सकारात्मक रहे ।

बिमा समूह सबैभन्दा उच्च ७२ अंकले उकालो लाग्यो । जलविद्युत् र होटल समूह पनि दोहोरो अंकले बढ्दा अरु भने सामान्य अंकले हरियो रहे । उत्पादनमूलक समूह भने स्थीर रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५२ कम्पनीका ६ लाख ८८ हजार कित्ता सेयर जम्मा २७ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।