
अमेरिकी नेतृत्वको गठबन्धन सेनाले गरेको आक्रमणको सिरियाले निन्दा गरेको हो । अमेरिकी अधिकारीहरुको अनुमानमा उक्त घटनामा सिरियाली सरकार समर्थक झण्डै एक सय सैनिक मारिएका छन् ।
अमेरिका समर्थित सिरियाली प्रजातान्त्रिक सैन्यले इस्लामिक स्टेट समूहको नियन्त्रणबाट आफ्नो कब्जामा लिएका क्षेत्रमा सिरियाली सरकार समर्थक सैनिक प्रवेश गर्न खोजेको आरोप अमेरिकाको छ ।
सिरियाली सरकारी संचारमाध्यमले अमेरिकी आक्रमणमा दर्जनौं मानिस मारिएका र घाइते भएको जनाएका छन् ।
अमेरिकी नेतृत्वको गठबन्धनले भने आफू र आफ्ना साझेदारको आत्मरक्षाका लागि आक्रमणकारी सैन्यलाई धपाउन हवाइ कार्वाही गरिएको जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्