
निर्वाचनअघि दुई दलबीच एकता गर्ने भन्दै गठबन्धन बनाएर चुनावमा गएपनि चुनावपछि यो अवधिसम्म पनि एकताका लागि निर्णायक ढंगले काम अगाडी बढ्न नसकेको बताइएका बेला आज बैठक बस्न लागेको हो ।
यसअघि बिहीबार दुई पार्टीका अध्यक्षहरुबीच एक्लाएक्लै वार्ता पनि भएको थियो । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच नयाँ सरकार गठन र पार्टी एकताबारे छलफल भएको हो ।
छलफलमा राष्ट्रिय सभाको निर्वाचनको परिणाम, प्रदेशसभा र पार्टी एकताबारे छलफल भएको थियो । पार्टी एकता र अरु विषयमा भने एकता संयोजन समितिमा थप छलफल गर्ने दुई नेताहरुको निष्कर्ष थियो । राष्ट्रियसभाको चुनाव पनि सकिएकाले पहिले सरकार गठनको प्रक्रिया अघि बढाउने चाहना एमाले अध्यक्ष ओलीको छ भने दाहाल एकतालाई पहिलो प्राथमिकतामा राख्न चाहन्छन् ।
एमाले अध्यक्ष ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पद आफैंले राख्ने चाहना गरेको भन्दै माओवादी पक्ष झस्केको छ ।
प्रतिक्रिया दिनुहोस्