सुन्तला उत्पादनमा २५ प्रतिशत कमी • Image Khabar Image Khabar


सुन्तला उत्पादनमा २५ प्रतिशत कमी


Imagekhabar
२६ माघ २०७४, शुक्रबार ११:३७

सुन्तला उत्पादनमा २५ प्रतिशत कमी

जिल्ला कृषि विकास कार्यालयका अनुसार यसवर्ष ४ हजार ५७ मेट्रिक टन मात्रै सुन्तला फल्यो । गत वर्षभन्दा १ हजार ४ सय मेट्रिक टन कम सुन्तला फलेको हो ।

गतवर्ष ५ हजार ४ सय ७३ मेट्रिक टन सुन्तला फलेको थियो ।

फुल्ने र फल लाग्ने सिजनमा रोग लाग्दा यसवर्ष सुन्तला कम फलेको किसानले बताएका छन् । जिल्लामा १ हजार १८ हेक्टर जमिनमा सुन्तला खेती भइरहेको छ ।

तेह्रथुमबाट उत्पादित सुन्तला पूर्वका धरान, इटहरी, विर्तामोड र विराटनगरका बजार हुँदै भारततर्फ निर्यात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्