२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


इलामको सुकिलुम्बा विमानस्थलको प्राविधिक परीक्षण चैतमा


0
Shares

सुकिलुम्बा विमानस्थल आयोजना प्रमुख पुष्प न्यौपानेले हाल विमानस्थलमा सबग्रेडको काम भइरहेको र लेभल परीक्षण गरेपछि चैत महिनासम्ममा परीक्षण उडान गरिने जानकारी दिए । विमानस्थल ग्राभेल नहुँदै हाल विस्तार भइरहेको धावनमार्गमा उडान परीक्षण गरिने छ ।

धावनमार्ग सम्याउने काम ९४ प्रतिशत सकिएको छ । ७ सय मिटर लम्बाइ र अधिकतम ६० मिटर चौडाइको धावनमार्ग बनाउन यसै वर्ष एक करोड रुपैयाँमा ठेक्का दिइएको थियो ।

८ करोड रुपैयाँमा माइखोलासम्म ढल व्यवस्थापन गरिँदै छ । माइखोलादेखि पहिरोको जोखिम कम गर्न आठओटा क्यास्केड र व्यवस्थित नाली निर्माण भइरहेको छ । नाली बनाउने काम पनि भइरहेको छ ।

ठेकेदार कम्पनीका सुभास चिपालुले ४० प्रतिशत काम सम्पन्न भएको र अढाई सय कामदारले तीब्रतर ढंगले काम गरिरहेको बताए । दिवा निर्माण सेवा प्रालिले लिएको ठेक्कामा शङ्कर त्रिशक्ति निर्माण सेवा सव–कण्ट्याक्टर रहेको छ ।
धावन मार्ग विस्तारमा भने ७ करोड लागेको थियो ।