
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्पपीडितलाई प्रदान गर्ने दोस्रो किस्ताको रकम वितरण गर्ने समयावधि चैत मसान्तसम्म थप्ने निर्णय गरेको हो ।
दोस्रो किस्ताको अनुदान पाउने समयावधि पुस मसान्तसम्म तोक्दा धेरै छुट्ने भएपछि प्राधिकरणले समायवधि थपेको सीइओ युवराज भुसालले जानकारी दिए ।
उनले पहिलो किस्ताको अनुदान पाउने लाभग्राहीको संख्या ६ लाख ७१ हजार ५७७ पुगेको जानकारी दिए ।
त्यस्तै, दोस्रो किस्ताका लागि प्रमाणीकरण गरिएको घर संख्या २ लाख ३३ हजार ६७७ छ भने तेस्रो किस्ता पाउने लाभग्राही ५५ हजार ५०० छन् ।
हालसम्म एक लाख भूकम्पपीडितको घर निर्माण भइसकेको जानकारी भुसालले दिए ।
प्रतिक्रिया दिनुहोस्