Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


भूकम्पपीडितलाई दोस्रो किस्ताको अनुदान रकम दिने समयावधि थप


0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्पपीडितलाई प्रदान गर्ने दोस्रो किस्ताको रकम वितरण गर्ने समयावधि चैत मसान्तसम्म थप्ने निर्णय गरेको हो ।

दोस्रो किस्ताको अनुदान पाउने समयावधि पुस मसान्तसम्म तोक्दा धेरै छुट्ने भएपछि प्राधिकरणले समायवधि थपेको सीइओ युवराज भुसालले जानकारी दिए ।

उनले पहिलो किस्ताको अनुदान पाउने लाभग्राहीको संख्या ६ लाख ७१ हजार ५७७ पुगेको जानकारी दिए ।

त्यस्तै, दोस्रो किस्ताका लागि प्रमाणीकरण गरिएको घर संख्या २ लाख ३३ हजार ६७७ छ भने तेस्रो किस्ता पाउने लाभग्राही ५५ हजार ५०० छन् ।

हालसम्म एक लाख भूकम्पपीडितको घर निर्माण भइसकेको जानकारी भुसालले दिए ।