१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


प्रदेश ३ मा माओवादी संसदीय दलको नेतामा शालिकराम जमकट्टेल


0
Shares

संसदीय दलको ललितपुरमा बसेको बैठकले दलको उपनेतामा कुमारी मोक्तान र प्रमुख सचेतकमा वसन्त माझी तथा सचेतकमा प्रतीमा श्रेष्ठलाई चुनेको छ ।

प्रदेश ३ को उपसभामुखमा भने राधिका तामाङलाई उम्मेदवार बनाउने निर्णय भएको संसदीय दलका नेता जमकट्टेलले जानकारी दिए ।

जनअपेक्षानुसार संविधान कार्यान्वयन र आर्थिक समृद्धिको कार्ययोजना अगाडि बढाउने लक्ष्यका साथ पार्टीले प्रदेशसभामा भूमिका निर्वाह गर्ने दलका नेता जमकट्टेलले बताए ।