२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


कांग्रेस नेता केसीले भने–‘पार्टी गिरोहले सन्चालन गर्‍यो’


0
Shares

शुक्रबार प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पार्टीभित्र विभाजन र गुटबन्दी प्रशस्त रहेको भन्दै त्यसलाई पनि गिरोहले पछिपारेको दाबी गरे ।

पार्टी संस्थागतरुपमा चल्न नसकेको भन्दै उनले पार्टीका तीन महत्वपूर्ण पक्ष नीति, नेतृत्व र संरचना कमजोर बनेको जिकिर गरे ।

नेता केसीले पार्टीमा वैधानिक मर्यादा र पारदर्शीताको अभाव रहेको भन्दै त्यसलाई सुधार गर्नुपर्ने बताए ।

पार्टी सुधारका लागि सबै तहका नेता तथा कार्यकर्ताहरु जिम्मेवार रहेको उल्लेख गर्दै उनले सबैले आ–आफ्नो स्थानबाट भूमिका खेल्नुपर्नेमा जोड दिए ।

अर्को एक फरक प्रसंगमा पूर्वमन्त्रीसमेत रहेका केसीले अबको सरकार वाम गठबन्धनको बन्नुपर्ने बताए ।

‘जनताको म्यान्डेडअनुुसार वाम गठबन्धनको सरकार बन्नुपर्छ, त्यसका लागि कांग्रेस बाधक बन्दैन’–उनले भने ।

संवैधानिक प्रक्रियालाई कांग्रेसले स्वीकार गर्ने भन्दै उनले प्रतिनिधिसभा गठन प्रक्रियाले पूर्णता पाएसँगै नयाँ सरकार बन्ने बताए ।