
शुक्रबार सप्तरीको राजविराजमा बसपार्क निर्माणको शिलान्यास गर्दै उनले राजनीतिक द्वन्द्वका कारण भौतिक पूर्वाधारहरुमा लगानी भएपनि सन्तोषजनक उपलब्धि नदेखिएको बताए ।
सचिव डा. शर्माले भूकम्प तथा बाढीपछि पुनःनिमार्णका लागि मन्त्रालयसँग ५० अर्ब रुपैयाँ बजेट रहेकाले अहिले भारतसँग सीमा जोडिएका जिल्ला सदरमुकामहरुमा भौतिक पूर्वाधार निर्माणका लागि २ देखि ३ अर्बको लगानी भइरहेको बताए ।
सघन सहरी विकास कार्यक्रमअन्तर्गत् राजविराजमा १६ करोड ३८ लाख ९६ हजार ५१९ रुपैयाँको लागतमा बसपार्क निर्माण थालिएको हो ।
प्रतिक्रिया दिनुहोस्