प्रदेशसभा सचिवालयकाअनुसार शनिबार बिहान ११ बजे मनोनयन दर्ता, नामावली प्रकाशन १२ बजे र ३ बजे प्रदेशसभाको बैठकको ध्वनीमतका आधारमा परिणाम घोषणा गरिने प्रदेशसभा सचिवालयका डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
उनकाअनुसार शनिबार अपराह्न ५ बजेपछि निर्वाचित सभामुखलाई प्रदेशप्रमुख अनुराधा कोइरालाले शपथग्रहण गराउने र सोही साँझ पदभारग्रहण गर्नेछन् ।
शनिबार बिहान सर्वदलीय बैठक बसेर आगामी आइतबार उपसभामुखको निर्वाचनका लागि मिति घोषणा हुने सचिवालयले जनाएको छ ।
प्रदेश नम्बर–३ मा ११० जना सदस्य छन् । रासस









प्रतिक्रिया दिनुहोस्