इङ्गलिस प्रिमियर लिगमा आज ६ खेलः यस्तो छ खेलको सूची • Image Khabar Image Khabar


इङ्गलिस प्रिमियर लिगमा आज ६ खेलः यस्तो छ खेलको सूची


Imagekhabar
२७ माघ २०७४, शनिबार १०:०३

इङ्गलिस प्रिमियर लिगमा आज ६ खेलः यस्तो छ खेलको सूची

२७ औं चरणका खेलअन्तर्गत नेपाली समयअनुसार आज साँझ सवा ६ बजे टोटनह्याम र आर्सनल भिड्दै छन् ।

४९ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको टोटनह्याम र ४५ अंकका साथ छैठौं स्थानमा रहेको आर्सनलबीचको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी राति पौने ९ बजे चार वटा खेल हुँदै छन् । एभर्टन र क्रिस्टल प्यालेस, स्टोक सिटी र ब्राइटन, स्वान्सी र बर्नले तथा वेस्टह्याम युनाइटेड र वार्टफोर्ड भिड्ने छन् ।

त्यसैगरी आजै राति सवा ११ बजे अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले आठौं स्थानको लेस्टर सिटीको सामना गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्