२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


रसुवामा सांसद आचार्यको व्यक्तिगत लगानीमा सडक सन्जाल पुर्‍याउने अभियान


0
Shares

प्रतिनिधिसभाका निर्वाचित सांसद इन्जिनियर मोहन आचार्यले व्यक्तिगत लगानीमा सडकले नछोएका स्थानमा सडक सन्जाल पुर्‍याउन अभियान सुरु गरेका हुन् ।

रसुवाको कालिका गाउँपालिका–२ लामाटोलबाट चित्रेपानीसम्म जोड्ने सडकको शनिबार एक कार्यक्रमकाबीच उनले उद्घाटन गरे ।

गाउँपालिकाको अधिनमा रहने गरी उनले आफैंले किनेको १ करोड ७० लाख रुपैयाँको एक्साभेटर र डोजर सो अवसरमा प्रदान गरे ।

रसुवाको गोसाइँकुन्ड गाउँपालिकाको लाङटाङ, पार्वतीकुन्ड गाउँपालिकाको हाकु, सानोलगायतका ठाउँमा अझैपनि ग्रामीण सडक पुग्न सकेको छैन ।

समृद्ध रसुवा निर्माण अभियानअन्तर्गत् जिल्लाका सबै ठाउँलाई सडक सञ्जालमा जोड्न यो अभियान थालिएको सांसद आचार्यले बताए ।