२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रदेश नम्बर ४ मा एमालेले आज संसदीय दलको नेता चयन गर्ने, को-को छन् दाबेदार ?


0
Shares

संसदीय दलको नेता चुन्न सकसमा परेको एमालेले सहमति नबनेपछि चुनावी प्रक्रियाबाटै नेता टुंगो लगाउन लागेको हो ।

मूख्यमन्त्री बन्ने दौडमा एमाले प्रदेश–४ का संयोजक किरण गुरुङ र पार्टी केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङबीच निकै प्रतिस्पर्धा छ ।

किरण गुरुङ तनहुँ–२ (ख) बाट र पृथ्वीसुब्बा गुरुङ लमजुङ (ख) बाट निर्वाचित हुनुभएको हो । प्रदेशमा एमालेका २७ सदस्य छन् ।

माओवादी केन्द्रले भने प्रदेशसभा संसदीय दलको बैठकमार्फत् सभामुख, संसदीय दलको नेतालगायत पदको जिम्मेवारी टुंगो लगाएको छ ।

पर्वतको प्रदेश सभा क का सांसद नेत्रनाथ अधिकारीलाई सभामुख बनाउने निर्णय गरिएको छ भने संसदीय दलको नेतामा हरिबहादुर चुमान र उपनेता रामजी बराललाई बनाइएको छ ।

प्रमुख सचेतक गायत्री गुरुङ र सचेतकमा चन्द्रबहादुर बुढालाई तोकिएको छ । सभामुख चुन्न प्रदेशसभामा फागुन ३ गते निर्वाचन हुँदैछ ।

प्रदेशसभामा १५ सांसद रहेको नेपाली कांग्रेसले भने अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । नेता बन्ने आकांक्षीमा कृष्णचन्द्र नेपाली, मणिभद्र शर्मा र बिन्दुकुमार थापा रहेका छन् ।