२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेशस्तरीय व्यापार मेला तथा जनकपुर महोत्सव सुरु


0
Shares

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ को आयोजनामा जनकपुरको तिरहुतिया गाछीमा कृषि, पर्यटन, औद्योगिक व्यापार तथा जनकपुर महोत्सव सुरु भएको हो ।

प्रमुख अतिथी गैर आवासीय संघका संस्थापक अध्यक्षक डा.उपेन्द्र महतोले महोत्सव उद्घाटन गर्दै जनताले चाहेमा प्रदेश नम्बर २ देशकै उत्कृष्ट बन्ने बताए ।

माघ २७ गतेबाट शुरु भएको महोत्सव फागुन १२ गतेसम्म चल्ने छ ।

महोत्सवमा स्थानीय, स्वदेशी तथा विदेशी उत्पादनका कृषि, पर्यटन, कला संस्कृतिसँगसम्बन्धित वस्तुको विक्री वितरणका लागि १ सय ७० वटा स्टल राखिएको छ ।