प्रेम दिवसको अवसर पारेर रेष्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल (क्षेत्रीय रेवान) सौराहाको आयोजनामा सुरु भएको खाना महोत्सवको आइतबार पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उदघाटन गरे । प्रदेश सभा सदस्य पाण्डेले भरतपुर विमानस्थलको क्षेत्र बढाउन सके चितवनमा पर्यटकको संंख्या बढ्ने बताए ।
विमानस्थल नजिकै रहेको दि फेमस दल गणलाई शक्तिखोर स्थानान्तरण गरेर गण रहेको स्थानलाई विमानस्थलको रुपमा विस्तार गर्नुपर्ने उनको भनाइ थियो । भरतपुर विमानस्थल स्थानान्तरण होइन, विस्तार गर्नुु जरुरी रहेको उनले उल्लेख गरे ।
महोत्सवमा ७० भन्दा बढी स्टल राखिएका छन् ।
यहाँ खानाका मात्रै करिव ५० वटा स्टल छन् । विशेषगरी थारु समुदाय र नेवार समुदायको खानाका परिकारका स्टल बढी छन् ।
महोत्सवमा यस वर्ष थप आकर्षणका लागि हात्ती वनभोज कार्यक्रमको आयोजना गर्न लागिएको रेवानका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । रेवान सौराहाले प्रेम दिवसको अवसर पारेर प्रत्येक वर्ष खाना महोत्सव गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्