
ट्रेकीङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को संयुक्त लोसार कार्यक्रमको आइतबार राजधानीमा उद्घाटन गर्दै उनले कुन दलको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने निक्र्योल नभई सकेको बताए ।
उनले फागुन दोस्रो साता नयाँ सरकार गठन हुन सक्ने पनि बताए । सरकर गठन र पार्टी एकताको बिषयमा एमाले अध्यक्ष केपी ओलीसंग छलफल भईरहेको उनको भनाई थियो ।
अध्यक्ष दाहालले आर्थिक समृद्धीको लागि पर्यटन क्षेत्रको बिकल्प नभएको पनि बताऐ ।
टानले प्रत्येक बर्ष मनाउने ल्होसारले साँस्कृतिक र आर्थिक रुपमा दिगो पर्यटनको लागि टेवा पुर्याएको उल्लेख गरे ।
उनले नयाँ बन्ने सरकारले पर्यटन क्षेत्रको विकासको लागि सहयोग गर्ने वचन दिए ।
टानका अध्यक्ष नवराज दाहालले नेपालको पर्यटन क्षेत्रमा सरकारले यथोचित ध्यान दिन नसकेको गुनासो गरे ।
बिदेशी पर्यटक भित्रने मुख्य प्रवेशद्धार त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको दुरअवस्था रहेको भन्दै स्थरउन्नती आवश्यक रहकोमा जोड दिए ।
टानले ल्होसारको अवसरमा मौलिक भेषभुषा झल्कने साँस्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्