१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


सल्यानमा सीप सिकेर आत्मनिर्भर बन्दै महिला


0
Shares

उक्त तालिम कार्यक्रममा १२ जना महिलाहरुको सहभागिता रहेको छ ।

एडभान्स ब्यूटीपार्लर तालिमका सहभागी महिलाहरुले सीप सिकेर सोसम्बन्धी व्यवसाय सन्चालन गरी आत्मनिर्भर हुने विश्वास लिइएको छ ।

आर्थिक वर्ष २०७४/०७५ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत् सन्चालित सो तालिममा शारदा नगरपालिकाभित्रका विभिन्न वडाका महिलाहरुको सहभागिता रहेको छ ।

एक महिनासम्म सन्चालन हुने एडभान्स ब्यूटीपार्लर तालिमको सहजीकतरण रोज ब्यूटीपार्लर काठमाडौंका प्रशिक्षक सुनिता रानामगरले गरिरहेकी छन् ।

तालिममा सहभागी महिलाहरुले तालिमपश्चात विभिन्न बजार केन्द्रहरुमा व्यवसाय स्थापना गरी सिकेको सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तालिमपछि प्रशिक्षार्थीहरुलाई मेसिन, उपकरणसमेत उपलब्ध गराइने घरेलु समिति सल्यानका वरिष्ठ उद्योग अधिकृत प्रदीप न्यौपानेले जानकारी दिए ।

घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय सल्यानको चालू आवको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत् जिल्लाका सबै स्थानीय तहहरुमा समुदायको माग र आवश्यक्तालााई ध्यानमा राखी विभिन्न सीप विकास तालिम कार्यक्रम सन्चालन गरिने कार्यालयका सूचना अधिकारी ध्रुवबहादुर खत्रीले जानकारी दिए ।