सेयरबजार ओरालो लाग्नेक्रम थामिएन • Image Khabar Image Khabar


सेयरबजार ओरालो लाग्नेक्रम थामिएन


Imagekhabar
२९ माघ २०७४, सोमबार २०:२९

सेयरबजार ओरालो लाग्नेक्रम थामिएन

यसदिन पनि बजार परिसूचक नेप्से साढे ४ अंक बराबरले ओरालो लागेर १३ सय ८० मा आइपुग्यो । विकास बैंक, व्यापार र अन्य समूह सामान्य अंकले हरियो रहेबाहेक अरु समूह ओरालो लागे ।

बिमा समूहमा सबैभन्दा उच्च ७३ अंकको गिरावट आयो । उत्पादनमूलक समूह पनि १४ अंकले झर्दा अरु समूह सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीका ६ लाख ८४ हजार कित्ता सेयर जम्मा २५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्