
अन्तर्राष्ट्रिय बजार पच्छ्याँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले उकालो लागेर तोलाको पुनः ५७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य आइतबार तोलाको ५६ हजार ८०० रुपैयाँमा स्थीर रहेको थियो ।
सोमबार चाँदीको भाउ भने तोलाको ७३५ रुपैयाँमै स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंन्स १२ सय २३ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्