३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


तीन दलको समानुपातिक सूचीमा कानूनअनुसार समावेशी समूह मिलेन


0
Shares

election commission NCP UML kp oli prachanda

आयोगले नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीलाई कानुनी व्यवस्थाअनुसार सूची मिलाएर पठाउन भनेको हो । एमाले र संघीय समाजवादी फोरमले बुझाएको सूचीलाई भने आयोगले स्वीकार गरेको छ ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले नाम नमिलाएका दललाई सच्याउन दुई दिन समय दिइएको बताए । ती दलले फागुन २ गते कार्यालय समयभित्र सूची सच्याएर आयोगमा पठाइसक्नुपर्छ ।

आयोग स्रोतका अनुसार कांग्रेसले पिछिडिएको क्षेत्रबाट २ जना प्रतिनिधित्व रहनुपर्नेमा सो नगराइएकाले त्यसलाई सच्याएर पठाउन आयोगले भनेको छ ।

आयोगले माओवादी केन्द्रलाई सच्याउन तीनबुँदे पत्र लेखेको छ । पिछडिएको क्षेत्रबाट १ जनाको प्रतिनिधित्व गराउनुपर्ने, खसआर्यबाट ५ जना हुनुपर्नेमा ६ जनाको राखेकाले घटाउनुपर्ने, मधेसी समुदायबाट ३ जनाको नाम हुनुपर्नेमा २ जनामात्र राखेकाले त्यसमा थप्न भनेको छ ।

त्यस्तै, राजपाले क्रम मिचेर नाम पठाएको छ । माथिल्लो क्रममा रहेको व्यक्तिबाट आफू सांसद हुन इच्छुक नरहेको पत्र आयोगलाई पठाउन लगाएर त्योभन्दा मुनिको नाम पठाएकाले त्यसलाई आयोगले अस्वीकार गरेको छ । –कान्तिपुर दैनिकबाट