२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कपिलबस्तुमा थारु समुदायले गरे पहिलो पटक होमस्टे संचालन


0
Shares

कपिलवस्तु नगरपालिका– ९ जगदिशपुरमा पहिलो पटक थारु समुदायले होमस्टेको शुरुवात गरेका हुन् ।

नेपालकै सबैभन्दा ठूलो मानव निर्मित तथा विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदिशपुर ताल नजिकै रहेको जगदीशपुर गाउँमा जगदीशपुर जलाशय होमस्टेको शुरुवात गरिएको हो ।

१३ घरधुरीबाट शुरुवात गरिएको होमस्टेमा अहिलेसम्म दुई सय बढी आन्तरिक तथा बाह्य पर्यटक आएको जगदिशपुर जलाशय होमस्टेकी सचिव सरिता थारुले बताए ।

होमस्टेमा क्यानडा, अमेरिका, श्रीलंका, चीनलगायत नेपालका विभिन्न मुलुकका पर्यटक पुग्ने गरेका छन् ।

समूहलाई दर्ता गरेर व्यवस्थित रुपमा होमस्टे व्यवसाय सञ्चालन गर्ने योजना बनाइएको सचिव थारुले बताए ।

कपिलवस्तुका बुद्धसँग सम्वन्धित ऐतिहासिक स्थल तिलौराकोट दरबार, कुदान, गोटिहवा, निगालीकोटलगायतका पर्यटकीय क्षेत्र तथा जगदिशपुर तालमा रहेका चरा हेर्न आउने पर्यटकलाई मध्यनजर गर्दै होमस्टे सञ्चालन गरिएको हो ।

होमस्टेमा थारु जातीका लोकप्रिय खाना घोगी, लोकल कुखुरा, ढिकरी, चिचर, खोरिया, हाँसको छोइला पाउने गरेको होस्मटे सञ्चालक बताउँछन् ।