२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


तौलेश्वर मन्दिरमा महाशिवरात्रिका अवसरमा दर्शनार्थीहरुको घुईचो


0
Shares

विक्रम सम्वत् १८७२ सालमा स्थापित तौलेश्वर महादेवको यो मन्दिर यहाँका हिन्दु धर्मावलम्वीहरुको ठुलो आस्थाको केन्द्र हो । सम्भवतः नेपालकै शिवमन्दिरहरुमा रहेको शिवलिंगहरुमध्ये सबैभन्दा ठुलो शिवलिंग यसै मन्दिरमा छ ।

महाशिवरात्रिका अवसरमा तौलिहवा बजारमा ठूलो मेलासमेत लागेको छ ।

महाशिवरात्रिका दिनमा भगवानको कथा सुन्नाले आफ्नो मनोकामना पुरा हुने विश्वासका साथ मन्दिर बाहिर वरपर स–परिवार कथा सुन्ने भक्तजनहरुको समेत भीड लागेको छ ।

शिवरात्रिको अवसरमा कपिलवस्तु, रुपन्देही, दाङ, अर्घाखाँचीलगायत जिल्लाबाट साथै भारतीय सीमा क्षेत्र सिद्धार्थनगर र बलरामपुरबाट समेत हजारौं दर्शनार्थी यहाँको शिवलिंगमा पुजा गर्न तथा मेला भर्न आउने गरेका छन् ।

शिवरात्रीमा भक्तजनहरुलाई व्यवस्थित ढंगले दर्शनको व्यवस्था मिलाउन एवं सुरक्षा प्रदान गर्न मन्दिर वरपर विहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएका छन् ।