प्रदेश–२ को सभामुखमा राजपाका यादव निर्विरोध निर्वाचित • Image Khabar Image Khabar


प्रदेश–२ को सभामुखमा राजपाका यादव निर्विरोध निर्वाचित


Imagekhabar
१ फाल्गुन २०७४, मंगलवार १४:४१

प्रदेश–२ को सभामुखमा राजपाका यादव निर्विरोध निर्वाचित

यादवकोमात्रै उम्मेदवारी परेसँगै उनी निर्विरोध निर्वाचित भएका छन् ।

संघीय समाजवादी फोरम नेपाल र राजपाबीच भएको सहमतिअनुसार सभामुख पद राजपाको भागमा परेको हो ।

सोही सहमतिअनुसार राजपाको तर्फबाट यादवले मंगलबार जनकपुरस्थित प्रदेशसभाको सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् ।

यादवको उम्मेदवारीको प्रस्तावकमा राजपाका संसदीय दलका नेता जितेन्द्रप्रसाद सोनल तथा समर्थकमा संघीय समाजवादी फोरमका संसदीय दलका नेता लालबाबु राउत छन् ।

प्रतिक्रिया दिनुहोस्