२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सप्तरीमा हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु


0
Shares

सप्तरीको कन्चनरुप नगरपालिका–५ पथरीका ३५ वर्षीया मञ्जुदेवी साह र ४५ वर्षीय दुर्गीदेवी मुखियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।

दाउरा खोज्दै आरक्षको सीमामा पुग्नासाथ हात्तीले लखेटेको वुधनीदेवी सरदारले बताइन् । सरदारले भने भागेर ज्यान बचाउन सफल भएकी छन् ।

घटनास्थलको मुचुल्का तयार गरेर शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित सरगरमाथा अञ्चल अस्पतालमा पठाइने इलाका प्रहरी कार्यालय कन्चनरुपले जनाएको छ ।