२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजा


0
Shares

राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनलाई पूजा एवं दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोष सन्चालक परिषद सदस्य एवं प्रचार–प्रसार उपसमिति संयोजक घनश्याम उपाध्यायले दिएको जानकारीअनुसार धेरै भक्तजन लाममा बसेकाले उनीहरूले छोटो समयमा पूजा एवं दर्शन गरेका थिए ।

पूजा एवं दर्शनका लागि पहिले उपराष्ट्रपति पुन पशुपतिनाथ मन्दिर पुगेका थिए । उपराष्ट्रपति पुन फर्किएको आधा घन्टापछि राष्ट्रपति भण्डारी पूजा एवं दर्शनका लागि पशुपति पुगेकी थिइन् ।

मंगलबार दिउँसो १ बजेसम्म पशुपतिनाथ मन्दिरभित्रै छिरेर चार लाख भक्तजनले पूजा एवं दर्शन गरेको उनले जानकारी दिए ।

यस वर्ष पशुपतिनाथ मन्दिर प्रवेश गर्ने भक्तजनको आधिकारिक तथ्यांक लिन विशेष व्यवस्था गरिएको छ ।

मन्दिर प्रवेश गर्ने मूलढोकामा नेपाल स्काउटले तथ्यांक संकलनका लागि कुपनको व्यवस्था गरेको जनाइएको छ ।

यस वर्षको महाशिवरात्रिमा पशुपति क्षेत्रमा बढी व्यवस्थित भएकाले मालबाहकबाहेकका सार्वजनिक सवारी–साधन गौशाला–चाबहिल सडकमा नरोकिएको कोषले जनाएको छ । यसले गर्दा दर्शनार्थी एवं यात्रीलाई सुविधा पुगेको थियो । बिहान सिमेसिमे पानी परेपनि भक्तजनको भीड लागेको थियो ।

यस वर्ष १३ लाख भक्तजनले पशुपतिमा पूजा एवं दर्शन गर्ने कोषको प्रारम्भिक अनुमान छ । मंगलबार मध्यरातसम्म नै भक्तजनको पशुपतिमा पूजा एवं दर्शनका लागि भीड लाग्ने गर्छ । रासस