कारको ठक्करबाट साइकलयात्रीको मृत्यु • Image Khabar Image Khabar


कारको ठक्करबाट साइकलयात्रीको मृत्यु


Imagekhabar
२ फाल्गुन २०७४, बुधबार ०८:२७

कारको ठक्करबाट साइकलयात्रीको मृत्यु

विश्वकर्मा मन्दिर नजिकै मंगलबार साँझ ६ बजे बा१८च २२४० नम्बरको कारको ठक्करबाट साइकलयात्री सुन्दर हरैचा नगरपालिका–३ का ४० बर्षीय विष्णु सुब्बाको मृत्यु भएको हो ।

कारको ठक्करबाट गम्भिर घाइते भई उपचारको क्रममा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा बेलुकी ८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न कार चालकलाई ईलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्